भारतीय महापुरुषहरुको दृष्टिमा अहिंसाको स्वरुप

अहिंसा एक उलझनले भरिएको प्रश्न हो। मूलत: यो यौगिक, आन्तरिक साधनाको शब्द हो। तर कालान्तरमा मानिसहरूले यसलाई वाह्य जगतको जीव-हिंसासँग जोडिदिए।... यस पुस्तकमा हामी हाम्रो पूर्वज महापुरुषहरूले अहिंसालाई कुन संदर्भमा लिएका थिए भन्ने जान्न पाउँछौं । प्रस्तुत छ - गीताको आलोकमा ‘अहिंसा’, महाभारतको आलोकमा ‘अहिंसा’, श्रीरामचरित मानसमा ‘अहिंसा’, महावीर स्वामीको दृष्टिमा ‘अहिंसा’ एवं भगवान बुद्धको दृष्टिमा ‘अहिंसा’।

भजन कसको गर्नु ?

आदि धर्मशास्त्र गीता तथा अन्य योगशास्त्रहरू अनुसार एक परमात्माको पूजा एवं उसलाई प्राप्त गर्ने एक निर्धारित क्रिया (नियत कर्म) को स्थानमा असंख्य पूजा विधिहरू प्रचलनमा रहेको छ। मानिसहरू धर्मको नाममा गाय, पीपल, देवी-देवता, भूत-भवानीको पूजा गर्दछन्। प्रस्तुत पुस्तकमा यी सबै भ्रान्तिहरूको निवारण गर्दे सनातन धर्म के हो भनेर स्पष्ट पारिएको छ? इष्ट को हुन् ? भजन कसको गर्नु ? र कसरी गर्नु ? पूर्वाग्रहबाट मुक्त दिमाग लिएर यस पुस्तकको अध्ययन र मनन गरे यसले तपाईंलाई झकझक्याउने छ, भजन कसको गर्नु त्यो पनि स्पष्ट हुनेछ। साधना-पथको पथिकको यो प्राथमिक पुस्तक हो। अवश्य पढ़्नुहोस्।

शंका समाधान

यस कृतिमा अनेक प्रश्नहरूको समाधान दिइएको छ जो सामाजिक अस्त व्यस्तताको उन्मूलन तथा धार्मिक भ्रान्तिहरूको निवारणमा सहायक हुन्छ। यसमा भजन कसको गर्नु, कर्मकाण्ड यज्ञ (हवन), ब्रह्मचर्य, गायत्री, युग धर्म, अहिंसा, पाप और पुण्य, सनातन धर्म, वर्ण व्यवस्था, विप्र, आर्य, गोरक्षा, सती, अवतार तथा दान इत्यादिको बारेमा स्पष्ट व्याख्या गरिएको छ।